(१) कुनै व्यक्तिले इजाजतपत्रनलिई वा इजाजतपत्रमा तोकिएको शर्त बन्देजमा नरही हातहतियार लिएर हिड्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कसूर गर्ने व्यक्तिलाई पक्राउ गर्नु पर्ने भएमा सोको कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ
(३) उपदफा (२) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई प्रमुख जिल्ला अधिकारी वा निजले खटाएको व्यक्ति वा प्रहरीले गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।
(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र बेगर वा यस ऐनका विरुद्ध हातहतियार लिएर हिड्ने कुनै व्यक्ति तत्काल पक्राउ नभएमा वा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबूत नष्ट गर्ने मनासिब कारण भएमा त्यस्तो व्यक्तिलाई तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी जुनसुकै ठाउ“मा पक्राउ गरी निजले साथमा लिएको हातहतियार कब्जा समेत गरी मुद्दा हेर्ने अधिकारी समक्ष स्वीकृतिको लागि पक्राउ परेको व्यक्ति सहित उपस्थित गराउनु पर्नेछ ।